काठमाडौँ / नेकपा माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर वली चयन भएका छन् ।
काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादीको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग प्रमुखमा वलीलाई चयन गरेको हो ।
यसअघिका आयोग प्रमुख विष्णु पुकार श्रेष्ठ चिनको लागि राजदूत नियुक्त भएपछि सो पद रिक्त रहेको थियो । माओवादीको विधानअनुसार आयोग प्रमुख स्थायी समिति सदस्य सो सरह रहने छन् ।






































