काठमाडौँ / नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ ।
बिहीबार प्रज्ञा भवन कमलादीमा बसिरहेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका हुन् ।
महाधिवेशनको मिति छिट्टै तोकिने प्रचण्डको भनाइ छ । साथै उनले उक्त महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने समेत बताए ।
प्रचण्डले भने –‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ ।’






































