काठमाडौँ / नेकपा माआवादी केन्द्रको कन्द्रीय कमिटी बैठक सुरु भएको छ । 

 केहीबेर अघिदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र गैरभौगोलिक क्षेत्रबाट रिपोर्टिङ तथा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ  दिनेछन् ।

साथै उनले पोलिटब्युरो, स्थायी कमिटी सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहका अनुसार आजको बैठकमा अध्यक्ष प्रचण्डले स्थायी समिति र पोलिटब्युरो सदस्यहरूको नामावली प्रस्तुत गर्ने छन् ।  

आजको बैठकमा पदाधिकारीको टुंगो भने नलाग्ने भएको शाहले बताए । नेताहरूबीच सहमति जुट्न नसक्दा पदाधिकारी चयन आगामी निर्वाचन पछि मात्र हुने सम्भावना रहेको बताइएको छ । 

माओवादीको पदाधिकारीमध्ये अध्यक्ष प्रचण्डलाई महासचिव चुन्न सकस परेको छ । महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन, महरा, पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङदेखि शक्ति बस्नेतसम्मको चर्चा छ । यिनै मध्येबाट एक जना महासचिव हुन सक्ने सम्भावना छ ।

माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष सहितको पदाधिकारी रहने व्यवस्था छ । तर, आकांक्षी धेरै देखिए उपाध्यक्षको संख्या बढाउने र पदाधिकारीको संख्या १८, १९ जनाको हुने गरी छलफल चलेको छ ।