विराटनगर /  नेकपा एमालेबाट प्रदेश नं १ मा समानुपातिकतर्फ निर्वाचित हिमादेवी बस्नेतले पद तथा गोपनीयताको सपथ लिएकी छन्। आज सभामुख प्रदीपकुमार भण्डारीले बस्नेतलाई शपथ खुवाएका हुन् । 

प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहँदा बस्नेत प्रदेश –१ सांसदमा नियुक्त भएकी हुन् । 

OM Sai Pathibhara Hospital

एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी  ठहर भएपछि रिक्त रहेको सो स्थानमा निर्वाचन आयोगले समानुपातिक कोटाबाट सांसद पदमा बस्नेतलाई नियुक्त गरेको हो ।