काठमाडौं  / जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पूर्वाधार मन्त्रीमा इस्तियाक राई, कृषि मन्त्रीमा मृगेन्द्र यादव र वन मन्त्री प्रदीप यादवलाई जिम्मेवारी दिएका थिए । सपथ लगत्तै उनीहरूले सोमबारै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबाहेक जसपाले मन्त्रीहरू महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर तीन जना नेतालाई मन्त्रिपरिषद्मा पठाएको हो ।