काठमाडौं  / नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू प्रधानमन्त्री भएकाबेला नपठाइएको बताएका छन् । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले आफूले पठाएको कुनै प्रमाण भए पेश गर्न सत्ता गठबन्धनका नेताहरूलाई चुनौति समेत दिएका छन् ।  

OM Sai Pathibhara Hospital

यसअघि आफू प्रधानमन्त्री भएकाबेला त्यो सहमति भएको भन्ने आरोप सत्तापक्ष दलका नेताहरूले निरन्तर लगाएपछि आफूले सो विषय बोल्नुपरेको अध्यक्ष ओलीले बताए ।

आर्थिक वर्ष २०७९/८० बजेटले जनतालाई मार्का पारेको चर्चा गर्दै ओलीले बजेट तयारी प्रक्रिया नै मूल्यमान्यता विपरित रहेको दावी गरे । अर्थविद, विज्ञ, प्रतिपक्षी दल र नागरिकले बजेटबारे आलोचना गरिरहँदा पनि सरकारले जिम्मेवारीपूर्वक नलिएको उनले टिप्पणी गरे ।

संसद्को सबैभन्दा प्रमुख दल, प्रमुख प्रतिपक्षी दलले संसद्मा सिसिटिभीको फुटेज देखाउन माग गर्दा समेत सरकारले आलटाल गरेको उनको भनाइ छ ।