काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशका सांसद कौशलकुमार यादवसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघातको आरोप लागेका यादवसहित संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशलकुमार यादवलाई निष्कासन गरेको हो। 

OM Sai Pathibhara Hospital

महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको पार्टीका जिल्ला अध्यक्ष रामप्रकाश यादवले जानकारी दिए । 

यादव महोत्तरी क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।