काठमाडौं  / सदनमा बजेट प्रस्तुत भएको २० दिनपछि गण्डकी प्रदेश सभाको बैठक बस्दैछ । 

सोमबार दिउँसो १ बजेदेखि बैठक बस्ने प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । यसअघि आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि प्रदेश सभा बैठक बस्ने भएको हो ।

OM Sai Pathibhara Hospital

आज र भोलि विनियोजन विधेयकमा छलफल हुने र २२ गतेदेखि बजेटउपर छलफल हुने बताइएको छ । असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले २०७९/८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए ।

त्यसपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल र प्रतिपक्षी दल नेकपा एमालेका सांसदबीच तालमेल नमिल्दा बजेटउपर दफावार छलफल हुन सकेको थिएन ।