काठमाडौँ / नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिएको छ । आइतबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो केन्द्रीय समितिको बैठकले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको हो ।

३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।

OM Sai Pathibhara Hospital

यद्यपि महासचिवसहितका पदाधिकारीको नाम भने टुंगो लाग्न बाँकी छ । गत पुसमा भएको आठौँ महाधिवेशनले अपूरो नेतृत्व चयन गरेको थियो । माओवादीले यसअघि २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।

त्यसैगरी माओवादीले वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गरेको छ । ९४ जना सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यमध्ये ८६ जनाले शपथ ग्रहण गरेका छन् ।

यो बैठकबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ६, जनता समाजवादी पार्टी (जसपा)बाट पार्टी प्रवेश गरेका तीनजनालाई पनि केन्द्रीय सदस्य बनाइएको छ ।

ओमप्रकाश पुन, रमेश परियार, धनबहादुर महर्जन, कृष्ण अधिकारी, दलबहादुर धामी र शंकरबहादुर खड्कालाई केन्द्रीय सदस्य बनाएको छ। माओवादीले ललितपुरका गंगा पराजुली, दिनेश महर्जन र राजकाजी महर्जनलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

यस्तै घनश्याम प्रसाद रजक, मनहरि तिमल्सिना पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्। अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले पनि केन्द्रीय सदस्यको शपथ लिएकी छन्।