काठमाडौँ  / जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारमा सहभागि भएका तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने भएको छ ।

जसपाले नयाँ मन्त्रीको लागि सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादवको नाम सिफारिस गरेको हो ।

OM Sai Pathibhara Hospital

पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएका हुन् । उनीहरूको सपथ आजै हुने सम्भावना छ ।

जसपाले कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको बताइको छ । 

बाबुराम भट्टराईतिर जान लागेका सांसदलाई समेत समेटेर यादवले नयाँ मन्त्रीहरू सरकारमा पठाउन लागेका हुन् ।

केही दिन अघि मात्रै एकीकृत समाजवादीले पनि सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाएको थियो । सोही अनुरुप जसपाले पनि सरकारमा सहभागि भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन लागेको हो ।