काठमाडौँ / पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले शुक्रबार सोही नामलाई मान्यता दिएको हो । 

आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको छ । उक्त पार्टीको दर्ता नम्बर १८७ रहेको छ ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह भने गोलाकार भित्र घण्टी पाएको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । 

स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो । तर, सो उजुरी आयोगले खारेज गरिदिएको छ । 

ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगको ठहर  छ ।