काठमाडौँ  / रेस्लर अस्मिता जुरेलीले युवा संघका केन्द्रीय सदस्य हिक्मत बोहरा ‘हिलारी’ विरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । 

गत असार १५ गते राष्ट्रिय धान दिवस मनाउने क्रममा हिलारीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै रेस्लर जुरेलीले प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन् । 

OM Sai Pathibhara Hospital

ललितपुरमा उक्त कार्यक्रम युवा संघले नै आयोजना गरेको थियो । जुरेली र हिलारीबीच घम्साघम्सी भएको भिडियो सार्वजनिक भएको थियो । 

जुरेलीले आफूलाई हिलारीले समातेर लडाउँदै दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । हिलारीले भने जुरेली माथि कुनै दुर्व्यवहार नगरेको स्पष्टीकरण दिँदै आएका छन् । अदालतको पक्राउ पुर्जी पछि हिलारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।