काठमाडाैँ / नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले एसपीपीबारे अमेरिकालाई लेखेको सबै पत्र संसद्मा ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

संसद् दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेम्वाङले एसपीपीबारे अहिलेसम्म अमेरिकालाई लेखेको सबै पत्र संसद्मा ल्याउन आग्रह गरेका हुन् ।

OM Sai Pathibhara Hospital

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १५ औँ दिनमा सेनाबाट अमेरिकालाई पत्र लेखिएको उनले बताए । तर, उक्त चिठीबारे तत्कालीन प्रधानमन्त्री ओलीलाई कुनै जानकारी नभएको उनले बताए ।

‘एसपीपीलाई लिएर प्रधानमन्त्री भएको १५ औं दिनमा सेनाबाट एउटा चिठी गएछ । त्यो ठिक हो कि होइन,’ नेमवाङले भने, ‘त्यो प्रश्न उठ्नेबित्तिकै ओलीले नै केपी ओलीले लेखेको भन्ने भो । अचम्मको कुरा होइन भन्छु म । उहाँले पनि मैले लेख्न लगाएको होइन भन्नुभयो ।’

उक्त पत्र यतिकै झुन्डिएर बस्न नहुने नेम्वाङले बताए ।  ‘हामी जिम्मेवार दल भएको ठाउँमा किन यतिकै झुन्डिएर बसेको छ । त्यतिबेला सेनाले चिठी लेखेको रहेछ । पछि पनि गएको देखिन्छ,’ उनले भने, ‘त्यो सम्पूर्ण चिठी रक्षा मन्त्रालय र सेनासँग छ । त्यो सबै चिठी संसदमा प्रस्तुत गरिदिनुस् न प्रधानमन्त्रीज्यू ।’