काठमाडौँ / नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू निकट नेतालाई बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलका लागि बोलाएका छन्। 

स्थानीय निर्वाचनपछि पार्टीभित्र निर्वाचन समीक्षाबारे कुनै छलफल नभएपनि शेखर समूहले भने निर्वाचन समीक्षा, भ्रातृ संस्थामा गरिएको एकलौटी मनोनयन लगायत विषयमा छलफल गर्न बैठक बोलाएको हो । 

OM Sai Pathibhara Hospital

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै आलोचना भइरहेको छ। साथै सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्।

गत मङ्सिरमा कांग्रेसको १४ औँ महाधिवेशन भएको थियो। विधानअनुसार छ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ।

यस्तै केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डलाई पनि सभापति देउवाले पूर्णता दिएका छैनन्।

देउवा सभापति भएको छ महिना कटिसकेको छ। तर, कांग्रेसका युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री भएका बेला पनि विधान कार्यान्वयन हुन नसकेको भन्दै काङ्ग्रेसभित्र विवाद भइरहेको छ । 

साथै सभापति देउवाले स्थानीय तहका उम्मेदवार सिफारिसमा छलफल नगरेको, पार्टीका भ्रातृ संस्था नेविसंघ, तरुण दल, आदिवासी जनजाति र किसान सङ्घमा अध्यक्ष चयन गर्न पनि सल्लाह नगरेकोमा कोइराला पक्ष असन्तुष्ट छ