काठमाडौं / रवि लामिछानेले गत असार ७ गते घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले घन्टी चुनाव चिन्ह नपाउने भएको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएका कारण उनले नपाउने भएका हुन् ।  

उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ ।

OM Sai Pathibhara Hospital

२०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ । पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन् । निर्वाचन आयोगकाअनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन ।

राष्ट्रवादी दल अन्य कुनै दलमा मर्ज भएर १ वर्ष बितेको र अर्कै चुनाव चिन्ह लिएको अवस्थामा मात्र सो चिन्ह पाउन सक्ने आयोगको भनाई छ ।