अछाम  / नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आगामी निर्वाचनप्रति आफू लचक भएको बताएका छन् । 

अछाम सदरमुकाम मङ्गलसेनमा भेटघाटको क्रममा पत्रकारसँग कुरा गर्दै आफूहरू संसदीय व्यवस्था र जनताको अवस्था परिवर्तनको पक्षमा रहेको भए पनि आगामी निर्वाचनमा लचक भएको भनाइ राखे । 

OM Sai Pathibhara Hospital

आउने सङ्घीय र प्रदेश चुनावमा पार्टी नै दर्ता गरेर चुनावमा जाने विचार नभएको भन्दै महासचिव चन्दले जनताको मागअनुसार अगाडि बढ्ने बताए । स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने विषयमा छलफल भएपछि पार्टीबाट केही नेताहरू बाहिर गएको उनले बताए । 

संसदीय व्यवस्थाभन्दा समाज रूपान्तरण र स्वाधीनतासँगै वैज्ञानिक समाजवादका पक्षमा आफूहरू रहेको भन्दै सबै दल एक ठाउँमा उभिन उनले आग्रह गरे ।