काठमाडौँ / सत्ता गठबन्धनको बैठक बुधबार बस्ने भएको छ । दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । 

आजको बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । स्रोतका अनुसार बैठकमा मन्त्री हेरफेरका विषयमा छलफल हुने छ । 

OM Sai Pathibhara Hospital

एकीकृत समाजवादीले  जेठ २२ मै आफ्नोतर्फबाट सरकारमा सहभागि सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । नेकपा एसले सरकारमा सहभागि सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै नयाँ मन्त्रीहरुको नामसमेत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । तर प्रधानमन्त्री देउवाले भने मन्त्री हेरफेर गर्न सहमत भएनन् ।

त्यसपछि माधव नेपाल प्रधानमन्त्री देउवासँग रुष्ट बनेका थिए । स्रोतका अनुसार आइतबार अध्यक्ष नेपालले देउवालाई तत्काल मन्त्री हेरफेर गर्न ताकेता गरेका थिए । 

त्यसपछि देउवाले नेकपा एसको तर्फबाट सरकारमा सहभागि मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएका थिए ।