काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् । काठमाडौंमा पार्टी घोषणा गर्दै उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन् ।

उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए । पार्टीमा को-को छन् भन्नेबारे उनले खुलाएका छैनन् । तर पार्टीको पहिलो बैठक आजै बसुन्धारामा बस्ने उनले जानकारी दिए । केन्द्रीय कार्यालय उद्घाटनलगत्तै पार्टीको बैठक बस्नेछ । आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए ।