जनकपुरधाम / जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि एक महिलाले चप्पल प्रहर भएकाे छ । 

जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएकी एक महिलाले उपप्रमुख साहमाथि चप्पल प्रहार गरेकी हुन् । 

OM Sai Pathibhara Hospital

बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरूले रामजानकी दुलहा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै स्थानीय वासिन्दाले त्यसलाई रोक्न माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउन आएका थिए ।

नगर प्रमुख कार्यालयमा नभेटेपछि उनीहरूले उपप्रमुख किशोरी साहलाई ज्ञापन बुझाए । ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्राङ्गणमा सम्बोधन गर्न सुरु गरे । त्यस क्रममा पनि उनले आफूहरू कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएका थिए ।

त्यसलगत्तै उनीमाथि ती महिलाले चप्पल प्रहर गरेकी हुन् ।  तत्कालै पुगेको प्रहरी टोलीले उपप्रमुख किशोरीलाई सुरक्षा दिएर कार्यकक्षमा लगेको थियो ।