काठमाडौँ  / सत्ता गठबन्धका शीर्ष नेताहरू बालुवाटारमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे छलफलमा जुटेका छन् । 

आइतबार एसपीपीबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

OM Sai Pathibhara Hospital

अहिले बालुवाटारमा सत्ता गठबन्धनबीच एसपीपीबारे छलफल भइरहेको छ । प्रचण्ड, नेपाल र यादवबीच शनिबार भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने बताएका थिए । 

पछिल्लो समय एसपीपी सम्झौता विवादमा तानिएको छ । राजनीतिक दलहरूले एसपीपीको बारेमा एकले अर्कोलाई दोष लगाउँदै आइरहेका छन् ।