काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित भएका छन् । 

अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी), अमेरिका भ्रमण र नेपालको परराष्ट्र नीति कार्यान्वयन लगायतका विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई बोलाएको थियो । 

OM Sai Pathibhara Hospital

समिति सभापति पवित्रा निरौला खरेलका अनुसार प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको छ । बैठक बिहान १० बजेदेखि सुरु भएको छ । 

हिजो बेलुकासम्म आउने कुरा गरेको तर आज बिहान प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले आउन नभ्याउने भनेर जानकारी गराएको खरेलले बताइन् । 

गत शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही बैठकमा सहभागी भएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका थिए ।

एसपीपीमा अब उप्रान्त नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन पनि समितिले निर्देशन दिएको थियो ।