काठमाडौँ / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा निर्वाचनबाट निर्वाचित नभइ जालझेल तिकडमबाट मात्रै प्रधानमन्त्री भएको बताएका छन् । 

काठमाडौंमा शुक्रबार आयोजित एमालेको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

ओलीले भने, ‘शेरबहादुरजी फ्रेस चुनाव जितेर कहिले पनि प्रधानमन्त्री हुनु भएको छैन । पार्टीभित्रको जालझेल वा संसद्‌ भित्रको जालझेल वा अदालतमा पुगेर गरिने जालझेल होस् । जालझेल र तिकडमबाट मात्रै शेरबहादुरजी अहिलेसम्म प्रधानमन्त्री हुनु भएको छ ।’

उनले एमालेले ५ वर्ष सरकार चलाउन पाउने हो भने अरु पार्टीले साइनबोर्ड झुन्ड्याउन सक्ने अवस्था समेत नहुने बताए ।