काठमाडौं / नेकपा एमालेका नेता भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई पत्र लेख्न सरकारलाई आग्रह गरेका छन् । 

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एसपीपीका बारेमा धारणा राख्दै रावलले परराष्ट्रमन्त्री नारायण खड्कामार्फत सरकारलाई सो आग्रह गरेका हुन् ।

OM Sai Pathibhara Hospital

एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटिजी आईपीएसकै अङ्क भएको भन्दै त्यसमा सहभागी रावलले नहुने बताए ।

रावलले भने, –‘परराष्ट्र मन्त्रीले एसपीपी आईपीएसको अंग होइन, यसको च्याप्टर क्लोज भइसकेको त भन्नु भयो । तर, अमेरिकन मन्त्रालयको वेबसाइटमा भने हो भनेर उल्लेख छ ।’