काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तह निर्वाचनमा पराजित हुनुपरेको बताएका छन् ।

बिहीबार काठमाडौंका जनप्रतिनिधिसँगको अभिमुखीकरण कार्यक्रममा उनले एमालेलाई विरोधी शक्तिहरूले हराउन नसक्ने भए पनि पार्टीभित्रै अन्तर्घातका कारण स्थानीय तह निर्वाचनमा पराजित हुनुपरेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

‘हाम्रा विरोधीले केही गर्न सक्ने थिएनन्, हामी त झण्डै दुई तिहाइमा थियौं’ उनले भने, ‘तर हाम्रैभित्रबाट सकुनीहरु निस्किए ।’

ओलीले साढे दुई सय मत बढाउन सकेको भए थप ८८ सिटमा जित हासिल गर्ने दाबी गरे । उनले १९ वटा पालिकामा १०० भन्दा कमले, १८ वटा पालिकामा २०० भन्दा कम, १५ वटा पालिकामा ३०० भन्दा कम, १३ वटा पालिकामा ४०० भन्दा कम र १५ वटा पालिकामा ५०० भन्दा कम मतले पराजित भएको बताए ।