रूपन्देही  / लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्वस्थ भएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ । 

मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका –५ का २७ वर्षीया मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेपछि प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई प्रहरी हिरासतबाट छुटाएर बुटवल ल्याइएको थियो । 

OM Sai Pathibhara Hospital

राज्यमन्त्री विमलाकी प्रेमी भनिएका एकराज बस्नेतका श्रीमती मीना र छोरीलाई कुटपिट गरेको आरोप लागेपछि राज्यमन्त्री वलीलाई मंगलबार राती नै बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालका अनुसार राज्यमन्त्री वलीलाई राती करिव १ बजे अस्पताल भर्ना गरिएको थियो ।