काठमाडौँ / अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्तावेज सार्वजनिक भएसँगै विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रद्द गर्न माग गरेका गरेका छन् । 

एसपीपी हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग भएको र भ्रमण क्रममा एसपीपीलगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढेको भन्दै ९ कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गदै प्रधानमन्त्री देउवाको भ्रमण रद्द गर्न माग गरेका हुन् । 

OM Sai Pathibhara Hospital

‘यो नेपाली सेनाको सहभागिता, अमेरिकाले नेपाली सेनालाई आफ्नो सेनाको अङ्ग बनाउने र सामान्यतः दक्षिण एसिया क्षेत्र र विशेषतः चीनमाथिको सैन्य हस्तक्षेपका निमित्त नेपालका सैन्य अखडालाई निर्बाध प्रयोग गर्ने योजनामा आधारित छ । हामी सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको यसप्रकारको ठाडो दबाब तथा हस्तक्षेपको घोर विरोध एवम् भर्त्सना गर्दछौँ र नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनता माथि हस्तक्षेप नगर्न जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति निकाल्ने दलहरूमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा (बहुमत), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषिराम कट्टेलको नेकपा, (माओवादी समाजवादी), नेकपा मसाल, जन समाजवादी मञ्च रहेका छन् ।

यता नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेजमा हस्ताक्षर गर्न अमेरिकाले प्रधानमन्त्री देउवालाई दवाव दिएको छ ।

biplab_RREsL8KtXK