काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसद्मा नागरिकता विधेयक पेश गर्ने बताएका छन् । 

सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक पेश गर्ने बताएका हुन् । 

OM Sai Pathibhara Hospital

जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्ने लगायत मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको भएपनि विधेयक नल्याइएको भन्दै जसपाका नेताहरूले ध्यानाकर्षण गराएका हुन् ।

जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक कहिले आउँछ भन्ने आफूहरुको प्रश्नमा प्रधानमन्त्रीले बजेट लगत्तै विधेयक संसदबाट पारित गर्ने बचन दिएको लोसपाका नेता राजेन्द्र महतोले जानकारी दिए ।

दलहरूबीचको असमझदारीकै कारण नागरिकतासम्बन्धी विधेयक भदौ २०७५ देखि संसद्मा अड्किएको छ।