काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले भोली (सोमबार) बस्ने सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ। आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले एजेण्डा तय गरेको हो ।

भोलि बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षणका बारेमा छलफल हुने छ । 

OM Sai Pathibhara Hospital

एमाले सचिव गोकर्ण विष्टका अनुसार सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ । 

नेकपा एमालेका नेताहरूले यसअघि स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गर्दै व्यापक धाँधली गरेको र कतिपय स्थानीय तहमा एमाले भित्रैबाट अन्तर्घात हुँदा सोचेअनुरूप नतिजा नआएको दावी गर्दै आएका छन् ।

नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओलीले पनि आफ्नै पार्टीका नेताहरूले अन्तर्घात गर्दा स्थानीय तहको चुनावमा नतिजा अनुकुल नआएको बताएका छन् ।