काठमाडौँ / प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । 

बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

OM Sai Pathibhara Hospital

मङ्गलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल शुरु भएको थियो । उक्त छलफलमा सांसदहरूले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए ।