काठमाडौँ  / आगामी आर्थिक वर्ष २०७९/८० मा अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत् स्थानीय तहहरूले ३ खर्ब ३७ करोड १६ लाख बजेट प्राप्त गरेका छन् ।

जसमध्ये स्थानीय तहहरूले समानीकरण अनुदान अन्तर्गत १ खर्ब २३ करोड बजेट पाएका छन् भने सशर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने छन् ।