काठमाडौँ / संसद्मा बजेट प्रस्तुत भएपछि लगातार घटिरहेको सेयर बजार बिहीबार पनि ओरालो लागेको छ । 

मंगलबार र बुधबार भारी अङ्कले घटेको सेयर बजार बिहीबार नेप्से १८.२६ अङ्कले घटेर २११२.४७ विन्दुमा झरेको हो। 

OM Sai Pathibhara Hospital

सेन्सिटिभ सूचक पनि ३.८१ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज सेयरबजारमा २२७ कम्पनीको कारोबार भएको छ। जसमा ३५ लाख ६६ हजार कित्ता १ अर्ब १६ करोडमा बिक्री भएको छ। 

दिनभरिमा २१ हजार ८ सय ३३ पटक खरिदबिक्री भएकोमा १३ मध्ये सामूहिक लगानी कोषबाहेक बाँकी समूहको सूचकहरू घटेका छन्। 

सेयरबजारलाई सुधार गर्न विभिन्न कार्य गर्ने बजेटमार्फत बताए पनि आज लगातार चौथो दिन नेप्से घटेको छ।