काठमाडौँ  / भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढाएर इन्धनको नयाँ मूल्य सूची पठाएको छ ।

आईओसीले बुधबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा ले बढेको हो । 

OM Sai Pathibhara Hospital

त्यस्तै डिजेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेर आएको नेपाल आयल निगमले जनाएको छ । 

निगमका अनुसार डिजेलको प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, खाना पकाउने ग्याँसकाे प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसाले घटेको छ । 

नयाँ मूल्य पछि पनि निगमलाई मासिक घाटा ६ अर्ब १५ रुपैयाँ पुग्ने पनि निगमको प्रक्षेपण छ । आईओसीलाई पहिलेकै बक्यौता ३२ अर्ब रहेको र अबको नयाँ मूल्य पछि जुन महिनामा निगमले ४७ अर्ब हाराहारी रकम भुक्तानी गर्न बाँकी रहेको निगमले जनाएको छ ।