झापा / सरकारले विदेशबाट आयात हुने बिस्कुट, कन्फेक्सनरी र इनर्जी ड्रिङ्क्समा राजस्व बढाइएको छ। स्वदेशी उद्योगको संरक्षण गर्न सरकारले यी तीन वस्तुको राजस्व बढाएका हुन्।

बिस्कुटमा भएको भन्सार महसुल ४० प्रतिशतलाई यथावत् राखिएको छ। र, शून्य प्रतिशत रहेको अन्तःशुल्कलाई १५ प्रतिशत बनाइएको छ। अब विदेशी बिस्कुट थप १५ प्रतिशत महँगो हुने भएको छ।

OM Sai Pathibhara Hospital

त्यस्तै कन्फेक्सनरीको भन्सार महसुल ४० प्रतिशतलाई जस्ताको तस्तै राखिएको छ। र, यसमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्कलाई १५ कायम गरिएको छ। आयात रोक लगाइएको इनर्जी ड्रिङ्क्सको भन्सार महसुल र अन्तःशुल्क दुवै वृद्धि गरिएको छ।

यसमा प्रति लिटर ७५ रुपैयाँका दरले भन्सार महसुल लाग्दै आएको थियो। यसलाई १०० रुपैयाँ बनाइएको छ। त्यस्तै प्रति लिटर ३६ रुपैयाँको अन्तःशुल्कलाई ५० रुपैयाँ निर्धारण गरिएको छ।