काठमाडौँ /  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अहङ्कार बढे एमालेलाई जसरी ठेगान लगाउने चेतावनी दिएका छन् । 

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेसलाई यस्तो चेतावनी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

प्रचण्डले भने, ‘कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरै ठाउँमा ठेगान लगाइयो। अब संघ र प्रदेशमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआसोस्।’

कांग्रेसलाई अहंकार र दम्भ नगर्नसमेत आग्रह गर्दै प्रचण्डले भने, ‘म कांग्रेसका नेता र पार्टीलाई भन्न चाहन्छु। अहंकार र दम्भले कसैको पनि हित गर्दैन। जनता र राष्ट्रको त हित नै गर्दैन।’

बृहत्तर हितका लागि अझै पनि गठबन्धनको आवश्यकता रहेको उनले बताए । तर स्थानीय तह चुनावमा गठबन्धन इमानदार नभएको उल्लेख गर्दै यसबाट पाठ सिकेर आउँदो चुनावमा पनि गठबन्धनमा थप सुधार आवश्यक रहेको उनको भनाई छ ।