काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेट मान्छेहरू भुलाउने ‘ललिपप’ भएको टिप्पणी गरेका छन् । लिङदेनले बुधबार संसद्मा बजेट माथिको छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन्।

उनले भने, – ‘यो बजेट ललिपप हो। मान्छेहरू भुलाउन ल्याइएको हो ।’ 

OM Sai Pathibhara Hospital

लिङ्देनले यस्तो बजेटले कसैको पनि जीवन परिवर्तन गर्न नसक्ने बताएका छन् । उनले यो बजेट विकास निर्माण केन्द्रित भन्दा पनि चुनाव केन्द्रित रहेको आरोप लगाए।  

उनले आर्थिक संकट रोक्ने र मूल्यवृद्धि नियन्त्रण गर्ने कुनैपनि योजना नभएको भन्दै टिप्पणी गरेका थिए। लिङदेनले कम्पनी र उद्योगहरूसँग डिल गरेर बजेट ल्याइएको आरोप लगाए।