काठमाडौँ / विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । 

केन्द्रीय सदस्य ओम पुनका अनुसार पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले असोज १ गते देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

१ असोजमा हुने महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारी थाल्ने निर्णय समेत भएको पुनले बताए । 

नेता धर्मेन्द्र बाँस्तोला, हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि विप्लवको नेतृत्वमा उदयपुरमा केन्द्रीय समिति बैठक बसेको हो । 

जेठ १२ देखि १७ गतेसम्म चलेको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै बैठकमा पार्टीको आगामी रणनीतिका विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ ।