काठमाडौँ / स्थानीय तहको चुनावपछिको दुई सातामा वाणिज्य बैंकहरूमा १३ अर्ब निक्षेप थप भएको छ । 

वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेठ १३ गतेसम्म आउँदा ४३ खर्ब ८३ अर्ब पुगेको नेपाल बैङ्कर्स एसोसिएसनले जनाएको छ ।  

OM Sai Pathibhara Hospital

चुनाव सकिए पछिको पहिलो साता निक्षेप ७ अर्ब बढेको थियो भने आर्थिक वर्षको अन्त्यतिर सरकारी खर्च समेत बढेकाले बैंकको निक्षेपमा सुधार आएको हो । 

त्यस्तै, एसोसिएसनको तथ्यांक अनुसार जेठको दुई सातामा ७ अर्ब थप कर्जा प्रवाह भएको छ भने वैशाख ३० गतेसम्म ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठ १३ गतेसम्म ४१ खर्ब ९८ अर्ब पुगेको छ ।