काठमाडौं / एक अमेरिकी डलरको बिक्रीदर १ सय २४ दशमलब ३७ रुपैयाँ र खरिददर १ सय २३ दशमलब ७७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै अमेरिकी डलरको सटही दर कायम गरेको हो । 

आज एक युरोको बिक्रीदर १ सय ३३ दशमलब ३७ रुपैयाँ र खरिददर १ सय ३३ दशमलब ३० रुपैयाँ छ ।

OM Sai Pathibhara Hospital

१ सय ५७ दशमलब २८ रुपैयाँ बिक्रीदर रहेको पाउण्ड स्र्टलिङको खरिददर १ सय ५६ दशमलब ५२ रुपैयाँ  , अस्ट्रेलियन डलरको बिक्रीदर ८९ दशमलब २९ रुपैयाँ र खरिददर ८८ दशमलब ८५ रुपैयाँ , ९१ रुपैयाँ बिक्रीदर रहेको सिंगापुर डलरको खरिददर ९० दशमलब ५६ रुपैयाँ र १० जापानी येनको बिक्रीदर ९ दशमलब ७६ रुपैयाँ र खरिददर ९ दशमलब ७२ रुपैयाँ रहेको छ ।

त्यस्तै, चिनियाँ युवानको बिक्रीदर १८ दशमलब ६७ रुपैयाँ र खरिददर १८ दशमलब ५८ रुपैयाँ , रियालको बिक्रीदर ३३ दशमलब १६ रुपैयाँ हुँदा खरिददर ३३ रुपैयाँ , कतारी रियालको बिक्रीदर ३३ दशमलब ९८ रुपैयाँ र खरिददर ३३ दशमलब ८२ रुपैयाँ , संयुक्त अरब इमिरेट्स (यूएई) दिरामको बिक्रीदर ३३ दशमलब ८६ रुपैयाँ र खरिददर ३३ दशमलब ७० रुपैयाँ , मलेसियन रिंगिटको बिक्रीदर २८ दशमलब ४८ रुपैयाँ र खरिददर २८ दशमलब ३५ रुपैयाँ हुँदा १०० कोरियन वनको बिक्रीदर १० दशमलब ०६ रुपैयाँ १० दशमलब ०१ रुपैयाँ रहेको छ ।