काठमाडौं / सरकारले २ सय सीसी भन्दा कम क्षमताका मोटरसाइकल तथा स्कुटरमा करको दर घटाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै १ सय २५ देखि २ सय सीसी सम्मका मोटरसाइकल तथा स्कुटरमा अन्तःशुल्क १० प्रतिशत घटाएको जानकारी दिएका छन् । 

OM Sai Pathibhara Hospital

सरकारले २ सय देखि २ सय ५० सीसी सम्मका मोटरसाइकलमा अन्तःशुल्क भने २० प्रतिशतले बढाएर ८० प्रतिशत पुर्याएको छ ।

बजेटले २ सय देखि २ सय ५० सीसी सम्मका मोटरसाइकलमा भन्सार शुल्क ३० प्रतिशतबाट बढाएर ४० प्रतिशत बनाएको छ ।

यसअघि सबै मोटरसाइकलमा ३० प्रतिशत नै भन्सार लाग्दै आएकोमा २ सय ५१ सीसीदेखि ५ सय सीसी सम्मका मोटरसाइकलमा बढाएर ७० प्रतिशत पुर्याएको छ । 

५ सय १ सीसीदेखि माथिका सबै मोटरसाइकल आयात गर्दा भन्सार ८० प्रतिशत भन्सार लाग्नेछ भने १ सय प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

२ सय सीसी भन्दा माथिका बाइकको मूल्य बढ्ने भएको छ भने २ सय सीसी भन्दा कमका बाइकको मूल्य केही घट्ने देखिएको छ ।