काठमाडौं  / सोमबार नेप्से परिसूचक ५०.३३ अङ्कले घटेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट आएको भोलिपल्टै सेयर बजार २.२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको हो ।

आज कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२.३७ रुपैयाँको भएको छ ।