काठमाडौं / सरकारले बजेटबाट भन्सार र अन्तःशुल्कमा वृद्धि गरेपछि विद्युतीय गाडीको मूल्य न्यूनतम ३० देखि ७५ लाखसम्म बढ्ने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै १०० किलोवाट क्षमता भन्दा माथिका विद्युतीय गाडीमा भन्सार र अन्तःशुल्क दुवैमा १५ प्रतिशतले बढाएको छ ।

OM Sai Pathibhara Hospital

चालु वर्षको बजेटमा विद्युतीय सवारीमा अन्त स् शुल्क लाग्दैन थियो भने अब अन्तःशुल्क लाग्ने भएको छ ।

१०० देखि २०० भन्दा कम किलोवाटको गाडीमा ३० प्रतिशत, २०० देखि ३०० भन्दा कम किलोवाटको गाडीमा ४५ प्रतिशत र ३०० देखि माथिको गाडीमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ ।

चालु आर्थिक वर्षको बजेटमा १०० देखि २०० भन्दा कम किलोवाट क्षमताका गाडीमा १५ प्रतिशत लाग्दै आएको भन्सार शुल्क ३० प्रतिशत पुर्याएको छ ।

२०० देखि ३०० भन्दा कम किलोवाटको गाडीमा भन्सार ३० प्रतिशत लाग्दै आएकोमा अब ४५ प्रतिशत पुगेको छ । ३०० भन्दा माथि किलोवाट भएका गाडीमा ४० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा अब ६० प्रतिशत लाग्ने भएको छ  ।