काठमाडौँ / काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूले आज (सोमबार) शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभागृहमा बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको हो ।

महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ लोकप्रिय मतसहित निर्वाचित भएका छन् । उनले ६१ हजार ७६७ मत ल्याए ।

OM Sai Pathibhara Hospital

त्यस्तै, उपप्रमुख पदमा नेकपा एमालेकी युवा उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले ६८ हजार ६१२ मत ल्याइन् ।