काठमाडौँ  / अर्थमन्त्री जनार्दन शर्माले आधिकारिक निकायबाट मात्रै घर जग्गा कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयन गर्ने घोषणा गरेका छन् ।

अब यो व्यवस्था कार्यान्वयन भएपछि काठमाडौँ महानगर लगायतका सबै महानगर र उपमहानगरपालिकाभित्र व्यक्तिले घरजग्गा बेच्न रोक लगाउने घोषणा गरिएको हो । 

OM Sai Pathibhara Hospital

सरकारको यो घोषणासँगै १७ ठूला शहरका व्यक्तिले घरजग्गा कारोबार गर्न पाउने छैनन् । पछि सबै पालिकामा यस्तो व्यवस्था गरिने अर्थमन्त्रीले जानकारी दिए ।

त्यस्तै सरकारले घरजग्गाको एकीकृत मूल्यांकन प्रणाली विकास गर्ने घोषणा गरेको छ । घरजग्गा कारोबार गर्दा अर्बौँ पूँजीगत लाभकर छली हुने भएको भन्दै प्रश्न उठ्दै आएको थियो ।