बिर्तामोड / सरकारले आगामी आर्थिक वर्षदेखि एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने घोषणा गरेसँगै खाना पकाउने एलपीजी ग्यासको मूल्य बढ्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले मूल्य बढ्ने भएको जानकारी गराएका छन् ।

OM Sai Pathibhara Hospital

यसैगरी, सरकारले आगामी ३ महिना भित्रका सबै सार्वजनिक कार्यालय र आवास एलपीजी ग्यास मुक्त बनाउने भएको छ भने ती स्थानमा विद्युतीय चुलोको प्रयोग गरिने समेत शर्माले जनाएका छन् ।