काठमाडौं / सरकारले सामाजिक सुरक्षा अन्तर्गत वृद्धवृद्धालाई बाँडिदै आएको उमेर सीमा घटाएको छ। आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले यसको उमेर ७० बाट ६८ वर्षमा झारेको बताए।
प्रधानमन्त्रीले यसलाई ६५ वर्षमा झार्ने बताएका थिए। अहिले बृद्ध भत्ता मासिक ४ हजार रुपैयाँ छ। उमेर २ वर्ष घटाएका कारण यसको सरकारी कोष माथि भार बढ्ने छ।






































