काठमाडौं / सरकारले आगामी आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत सो जानकारी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले एसियाली र ओलम्पिक प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीका लागि आजीवन मासिक जीवन वृत्तिको प्रबन्ध गरिएको पनि जनाएका छन् ।

उनले खेलकुद सङ्घलाई दिएको अनुदान वृद्धि गरिएको बताएका छन् ।