काठमाडौं / अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि नेपालको संविधान बमोजिम १५ जेठ आइतबार गणतन्त्र दिवसका दिन बजेट सार्वजनिक गर्न लागेका छन् । 

बजेट भाषण गरे पश्चात अर्थमन्त्रीले पैसा पाउँछन् भन्ने धेरैको बुझाइ भएपनि नेपाल सरकारको मन्त्री भएको हैसियतले पाएको सेवा सुविधा र तलब देखि बाहेक बजेट भाषण गर्दा भने रकम नपाइने व्यवस्था रहेको छ । 

OM Sai Pathibhara Hospital

बजेट भाषण गर्दा रकम पाइन्छ भन्ने मानसिकता सर्वसाधारणमा अझै पनि रहेपनि अहिलेसम्मको इतिहासमा कुनैपनि अर्थमन्त्रीले भाषण गर्दा पैसा नपाएका पूर्वअर्थमन्त्री शंकर कोइरालाले बताएका छन् । 

अहिलेसम्म धेरै पटक बजेट प्रस्तुत गरिसकेका पूर्वअर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गर्नु अर्थमन्त्रीको कर्तव्य भएकाले भाषण गर्दैमा पैसा नपाइने बताएका छन् । 

दुईपटक बजेट ल्याएका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि अर्थमन्त्रीले बजेट भाषण गरेर पैसा पाउने हल्ला निराधार रहेको जनाएका छन् ।