काठमाडौं / नेपालको संविधान बमोजिम आज (आइतबार) १५ जेठ गणतन्त्र दिवसको दिन संघीय संसद्मा आर्थिक वर्षको बजेट प्रस्तुत हुन लागेको छ । 

२०६२/६३ को जनआन्दोलन पश्चात मुलुकमा गणतन्त्र दिवस भित्रिएसँगै यही दिन विभिन्न घटना तथा ऐतिहासिक घटनाहरू समेत भएका छन् । 

OM Sai Pathibhara Hospital

संसद्मा अर्थमन्त्रीका ब्रिफकेस पनि फोडिए देखि १८ महिनाभन्दा बढी अर्थ मन्त्री भएर पनि बजेट ल्याउन नपाएको तितो इतिहास समेत समेटिएको यो दिनले लामो इतिहास बोकेको छ । 

उनलाई पनि अर्थमन्त्री भएको हैसियतले बजेट ल्याउन तीब्र इच्छा रहँदा पनि असफल बनेका अर्थमन्त्रीको रुपमा रुपमा वर्षमान पुन रहेका छन् । मुलुक संविधान निर्माणको कार्यमा रहेको समयमा संविधानसभाले समेत प्रभावकारी कार्य गर्न नसकेपछि उनले बजेट प्रस्तुत गर्ने अवसर पाएका थिएनन् ।  

डा। बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा अर्थमन्त्री बनेका पुन हला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन् । 

२०६८ भदौ १२ मा गठित सरकारको अर्थमन्त्रीको रुपमा उनले कार्यभार सम्हालेका थिए । राजनीतिक अस्थिरता, संविधान निर्माणको सकस र दलहरूबीचको चर्को राजनीतिक खिचातानीका कारण बजेट ल्याउने समयसीमा नै भत्किएको थियो ।

बजेट प्रस्तुत गर्ने विषय अगाडि बढ्ना साथ चर्को विरोध हुने, सरकार नै ढल्ने अवस्था आउने भएकाले पनि तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले पेश गरेको बजेटमा आर्थिक वर्षको नाम थपेर उनले कार्यान्वयन गरेका थिए । 

अर्थमन्त्रीको रुपमा लामो समय अर्थमन्त्रालयमा रहेपनि अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगको हर्क गुरुङ सभा कक्षमा पत्रकार सम्मेलन गर्दै मध्यावधि समीक्षा गर्नेमा नै पुन सीमित भएका थिए ।

मन्त्री पुनले भने आफूले बजेट प्रस्तुत गर्न नपाएकोमा तत्कालीन राजनीतिक परिस्थितिलाई जिम्मेवार ठान्दै आएका छन् ।बजेट नै ल्याउन नपाएपछि खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा शंकर कोइरालालाई अर्थ मन्त्रालयको जिम्मा दिएर उनले अर्थ मन्त्रालय छोडेका थिए ।  ।

त्यस्तै , तत्कालीन राजाको प्रत्यक्ष शासन कालका अर्थमन्त्री डा. बद्री श्रेष्ठले समेत बजेट ल्याउन पाएका थिएनन् ।

पछिल्लो पटक ज्ञानेन्द्रबहादुर कार्कीले पनि बजेट ल्याउन नपाएपछि अघिल्लो अर्थमन्त्री कृष्णबहादुर महराले ल्याएको बजेटलाई नै कार्यान्वयन गरेका थिए ।

चुनावी सरकारका अर्थमन्त्रीका रुपमा कार्यरत ज्ञानेन्द्रबहादुर कार्कीले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बजेटलाई नै कार्यान्वयन गरेका थिए ।

नेपालको बजेट इतिहासमा डा. बद्री श्रेष्ठ, वर्षमान पुन र ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्री भएपनि बजेट ल्याउन पाएका थिएनन् ।