काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संघीय सदनको संयुक्त बैठकमा आज प्रस्तुत गर्दैछ । हरेक वर्ष जेठको १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानीक व्यवस्थालाई कार्यान्वयन गर्दै आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको हो । 

अर्थमन्त्री शर्माले कर्मचारीको तलब बढाइ, वृद्धभत्ताको पाउने उमेरमा पुनरावलोकन गर्ने र करको दर तथा विषयहरू चलाएर जनवादी बजेट ल्याउने तयारी गरेको स्रोतको दाबी छ ।

OM Sai Pathibhara Hospital

बजेटमार्फत् गैर आवासिय नेपाली (एनआरएन)का लागि पनि केही कार्यक्रम ल्याउने भएको छ । आईपीओमा कोटा छुट्याउने, रेमिट्यान्समा केही सहुलियत दिने र कृषिजन्य उद्योग तथा उत्पादनमा युवालाई आकर्षण गर्ने कार्यक्रम ल्याउनेविषय पनि बजेटमा उल्लेख हुने वताइएको छ ।

सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनका लागि निर्यातजन्य वस्तुमा सहुलियत तथा भन्सार दर छुट दिने र युवालाई स्वदेशमै रोजगारी सिर्जनाका लागि सहुलियत ब्याजमा कर्जाको व्यवस्था पनि गर्न लागेको छ ।

आगामी वर्षको बजेटले विशेष गरेर कृषिजन्य वस्तु उत्पादन, शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता क्षेत्रहरुलाई विशेष प्राथमिकता दिनेछ भने विलासिताका वस्तुलाई निरुत्साहित गर्ने कार्यक्रम ल्याउनेछ ।