काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटबारे अन्तिम निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

देउवाले प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो २ बजे बैठक बोलाएका छन् । 

OM Sai Pathibhara Hospital

सरकारको आर्थिक वर्ष ०७९/०८० को बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्ने भएको छ ।